तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमादको फेदीखोलामा पुल निर्माण

दमौली : तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा पुल निर्माण हुने भएको छ । जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्टिलट्रस पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि आयोजनाले गत साउन ३० गते बोलपत्र आह्वान गरी बोलपत्र दर्ता गर्ने अन्तिम मिति आगामी असोज १२ गतेसम्म निर्धारण गरिएको छ । आयोजनाको डुबान क्षेत्रका सर्वसाधारणको सहजताका लागि ५५ मिटर लम्बाइको पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । पुल नहुँदा खोला वारपार गर्न सर्वसाधारणलाई असहजता हुँदै आएकाले पहल थालिएको उहाँको भनाइ छ ।

भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि आयोजनाले पक्की पुल निर्माण गर्न लागेको छ । एसियाली विकास बैंकको सहयोगमा वान्टाङ खोलामा पुल निर्माण गर्न लागिएको भण्डारीले जानकारी दिनुभयो ।

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वान्टाङ खोलामा पुल नहुँदा वर्षायाममा हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् ।

आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका चार वटा झोलुङ्गे पुल पुनस्र्थापना गर्न लठ्ठा खरिदका लागि बोलपत्र आह्वान गरी सम्झौता हुन लागेको भण्डारीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker