दलित पुरोहित समाजले दमौलीमा सामूहिक रक्षाबन्धन गर्ने 

बैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजले भदौ ३ गते सोमबार यज्ञोपवित (सामूहिक रक्षाबन्धन) कार्यक्रम गर्ने भएको छ । समाजका अध्यक्ष तिलक बिश्वकर्माको अध्यक्षतामा शनिबार  बसेको बैठकले दमौलीको अनसन चौतारीमा रक्षाबन्धन गर्ने निर्णय गरेको हो ।
गतबर्ष दमौलीको अनसन चौतारीमा सामूहिक रक्षाबन्धन गरिएकोमा यसबर्ष पनि निरन्तरता दिन लागिएको समाजका सचिव बिश्व बुढा परियारले जानकारी दिए ।
उनका अनुसार उक्त दिन सबेरै जनै मन्तर्ने कार्य पश्चात रक्षाबन्धन कार्यक्रममा सहभागि हुने भएकाले सबैमा रक्षाबन्धनका लागि अनुरोध गरिएको छ ।
व्यास नगरपालिकाको आर्थिक सहयोगमा गतबर्ष कर्मकाण्ड सम्बन्धी तालिम लिएपछि झण्डै एक दर्जनको हाराहारीमा दलित समुदायबाट पुरोहित उत्पादन भैसकेको समाजले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker