स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन

भञ्ज्याङ समाचारदाता/दमौली

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हर्रि्रसाद ढकालले जानकारी दिए । कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ ।

निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने भएको छ । “आयोगबाट नामावली स्वीकृत भएर आएपछि कर्मचारी खटनपटनको काम हुन्छ”, उनले बताए । ती पालिकामा ३०० केन्द्र छन् । मतदानस्थल नथपिए पनि मतदान केन्द्र थप गर्नेबारेमा छलफल भइरहेको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै, जिल्लामा २३ दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यताप्राप्त छ र अन्य क्रियाशील १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । दल दर्ताका लागि दिइएको समयभित्र २३ दलले दर्ता गराएको निर्वाचन अधिकारी ढकालले बताए । “जिल्लामा क्रियाशील राजनीतिक दललाई निर्वाचनमा भाग लिनका लागि विवरणसहित आउन सूचना जारी गरेका थियौँ”, उनले भने, “राजनीतिक दलको विवरण आइसकेपछि कार्यालय थप काममा अगाडि बढेको छ ।”

म्यादी प्रहरीमा तीन गुणा बढी आवेदन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन जिल्लामा तीन गुणा बढीको आवेदन परेको छ । गत चैत ६ गतेदेखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा तनहुँमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तीन हजार ४१८ को आवेदन परेको छ । ती मध्ये एक हजार २९२ म्यादी प्रहरी छनोट गरिनेछ । चालिस दिनका लागि काम गर्ने इच्छासहित प्रहरी कार्यालयमा फारम भर्न उपस्थित युवायुवतीको आकर्षण देखिएको हो ।

“म्यादी प्रहरीका लागि आवश्यक संख्याभन्दा धेरैको आवेदन परेको छ, त्यसो हुँदा छनोट विधिमार्फत म्यादी प्रहरी भर्ना गरिनेछ”, उनले बताए । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्षपूरा भई ५४ वर्ष ननाघेको हुनर्ुपर्ने छ । उमेरहद खुकुलो भएका कारण अधिकांश भूपू प्रहरी र भूपू सैनिकले पनि फारम भरेका छन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त रहेको हुनर्ुपर्ने योग्यता निर्धारण गरिएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नवापत सात हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चवापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker