हिमालको पानी ब्रान्डिङ, गाँजाखेतीको सम्भावना अध्ययन

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानीको ब्रान्डिङ गर्ने र निर्यात गर्न आवश्यक सहजीकरण गरिने बताउनुभयो ।
त्यस्तै, औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ । पशुपन्छीको महामारी नियन्त्रणका लागि नेपालै भ्याक्सिन उत्पादन गर्ने योजना पनि बजेटमा राखिएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवम् मानव संसाधन विकासलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो । वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षित गरिने पनि उहाँको भनाइ छ ।
ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने विषय पनि बजेटमा परेको छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker