कांग्रेस तनहुँका नेता मानकाजीले दिए राजिनामा
भज्याङ न्यूज

नेपाली कांग्रेस तनहुँका नेता मानकाजी श्रेष्ठले पार्टीबाट राजिनामा दिएका छन् । बन्दिपुर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार राजिनामा दिएका हुन् ।
पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठ बन्दिपुरको अध्यक्षको आकांक्षी थिए । कांग्रेसबाट ध्रुवलाल प्रधानले टिकट पाएका छन् । श्रेष्ठले क्रियाशील सदस्य समेत नरहने गरी राजिनामा बुझाएका छन् । श्रेष्ठसँगै बन्दिपुर-१ का दानबहादुर खड्का, रेशमबहादुर थापाले पनि राजिनामा दिएको बताइएको छ ।










