तनहुँको ऋषिङमा कांग्रेसका श्रेष्ठ र थापा निर्वाचित

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षतमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनु थापा निर्वाचित भएका हुन् । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दुबै जना निर्वाचित भएका थिए ।

अध्यक्षका उम्मेद्वार श्रेष्ठले तीन हजार ३३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिराज कँडेलले दुइ हजार ७९२ र स्वतन्त्र उम्मेदवार श्रीराम थापाले पुतली चिन्हबाट तीन हजार ३३ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्य पदमा ४ हजार ४२९ मत प्राप्त गरी पुनः गिनु थापा बिजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार मधुप्रसाद थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् ।

१८ हजार २३८ मतदाता रहेकोमा १० हजार ६७७ मत खसेको आठ वटा वडा मध्ये २, ३, ४, ५ र ६ नम्बर वडा नेपाली काँग्रेस, ७ र ८ नम्बर वडा स्वतन्त्र र १ नम्बर वडा नेकपा माओवादी केन्द्रका उम्मेदवार ननिर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker