भलिबल संघ तनहुँको अध्यक्षमा पदम चयन

जिल्ला भलिबल संघ तनहुँको अध्यक्षमा पदम बहादुर सुनार चयन भएका छन् । मंगलबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सुनारको अध्यक्षतामा १२ सदस्यिय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । जसमा उपाध्यक्षमा रमेश कुमार श्रेष्ठ, उपाध्यक्ष लक्षमण गुरुङ्ग, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा बिमल राना चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्शेर लम्साल चयन भएका छन् ।










