व्यास नगरपालिकाको नीति : ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’

व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ ।

त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्न विद्यालय तह (कक्षा १२) सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने छ । स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याइने छ ।

साथै सेवा केन्द्रको मनोविमर्श सेवालाई निरन्तरता दिई सक्षम नेतृत्व बनाउने लक्ष्य रहेको छ । महिलाहरूद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि सहयोग गरिने व्यवस्था रहेको प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरिने छ र हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिकरूपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन व्यवस्था मिलाइने उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । दलित, सीमान्तकृत लोपोन्मुख, जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गरिने छ ।

नगरपालिकाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र अनुभव आदान–प्रदान गर्ने किसिमको कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker