छिटो जन्ती निकालेको भन्दै बेहुला विरुद्ध मुद्दा !, ५० लाख क्षतिपूर्ति माग

बिहेमा केही न केही अनौठो र रोचक घटना त भइ नै हाल्छ । भारतमा एउटा बिहेमा यस्तै घटना भएको छ । त्यहाँ बेहुला विरुद्ध उनकै साथीले मुद्दा हालेर ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।

बेहुला विरुद्ध आफ्नै साथीले क्षतिपूर्ति माग गरी मुद्दा हाल्नुका कारण पनि रोचक नै छ । समाचार अनुसार भारतको हरिद्वारमा उक्त घटना भएको हो । स्थानीय बहादुरवाद गाउँका रवि नामका युवाको बिहेको जन्ती निर्धारित समयभन्दा अगावै निस्किएपछि त्यसको झोँकमा उनका साथीले मुद्दा हाले र ५० लाख भारु क्षतिपूर्ति माग गरेका छन् ।

रविले आफ्नो बिहेको कार्ड बाँड्नका लागि उनका साथी चन्द्रशेखरलाई खटाएका थिए । चन्द्रशेखरले नै रविका अन्य साथीहरु तथा आफन्तहरुलाई जन्ती जानका लागि निम्तो गरिएका कार्ड बाँडे । बिहेको कार्डमा बेलुकी ५ बजे जन्ती निस्कने समय तोकिएको थियो ।

पाहुनाहरु पनि सोही समयमै बेहुलाको घरमा पुगे । तर बेहुला सहितको जन्ती त अगाडि नै निस्किसकेको रहेछ । त्यसपछि जन्ती जानका लागि पुगेका पाहुनाहरु रिसले आगो भए । उनीहरुले कार्ड बाँड्ने काममा खटिएका चन्द्रशेखरलाई तथानाम गाली गर्न थाले ।

उता बेहुला रविलाई यो कुराको जानकारी हुँदा समेत उनले माफी माग्नुको साटो जन्ती जान बोलाइएका पाहुनाहरुलाई उल्टै हप्काएर आ आफ्नो घर फर्किन भने ।

यो घटनाबाट बित्थामा गाली खाएर अपमानित हुन पुगेका चन्द्रशेखर स्तब्ध भए । बेहुलाकै कारण आफ्नो अपमान र मानहानी भएको र आफुलाई अपूरणीय क्षति पुगेको भन्दै उनले बेहुला रवि विरुद्ध मानहानीको मुद्दा हालेका छन् ।

चन्द्रशेखरले बेहुलासँग ५० लाख भारु क्षतिपूर्तिको माग पनि गरेका छन् । यसका लागि उनले एकजना वकिलको सहयोग लिएका छन् । अदालतमा उनले दायर गरेको मुद्दामा बेहुला रविलाई ३ दिनभित्र माफी मगाउन पनि माग गरिएको छ । एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker