भारतको ‘चोर विद्यालय’, तयार गर्दैछ भोलिका अपराधी

भोपाल । भारतको मध्य प्रदेश राज्य त्यहाँको ‘चोर विद्यालय’ का लागि कुख्यात बनेको छ । त्यहाँ नामुद अपराधीहरूले १२ वर्षदेखिका बालबालिकाहरूलाई पाकेटमारी, चोरी र लुटपाटका कक्षाहरू दिइरहेका छन् ।

राज्यको राजधानी भोपालभन्दा १ सय २० किलोमिटर टाढा रहेका काडिया, गुलखेडी र हुलखेडी गाउँ नयाँ अपराधीहरूका लागि नर्सरी नै बनेका छन् । त्यहाँका अभिभावकले नै आफ्ना सन्तानलाई पाकेटमारी, भिडभाड भएको स्थानमा चोरी, लुटपाट, बैंक अकाउन्टबाट चोरी, प्रहरीबाट भाग्ने तथा प्रहरीको पिटाइ कसरी सहने जस्ता ‘कला’ सिकाउन पठाउने गरेका छन् ।

यसका लागि उनीहरूले २ देखि ३ लाख रुपैयाँ भारु समेत बुझाउने गरेका छन् । यी कथित ‘चोर विद्यालय’ ले भारतको इतिहासमा केही कुख्यात अपराधीहरू जन्माएका छन् । त्यही भएर गरिब र अनपढ परिवार उनीहरूप्रति आकर्षित बनिरहेका छन् ।

आपराधिक समूहका नेतालाई भेटेर ‘ट्यूसन फी’ बुझाएपछि परिवारले आफ्नो सन्तानलाई एक वर्षसम्म ‘विद्यालय’ मा पठाउँछन् । विद्यालयबाट सबै कला सिकेपछि उनीहरू त्यही समूहमा आबद्ध हुन्छन् । त्यसपछि परिवारले उनीहरूको सेवाका लागि वार्षिक रूपमा ३ देखि ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्छन् ।

ग्रामीण क्षेत्रमा अपराधको जालो नराम्रोसँग फैलिएको छ । प्रहरीलाई त्यहाँ के भइरहेको छ भन्ने जानकारी पनि हुन्छ तर उनीहरू केही गर्न सक्दैनन् । किनभने पुरै समाजले नै अपराधीको बचाऊ गर्दछ । उनीहरू प्रहरीसँग भिड्न पनि तयार हुन्छन् ।

‘एक जना अपराधीलाई पक्रन ठुलो प्रहरी दस्ता नै लिएर ती गाउँहरूमा जानुपर्छ,’ बोडा प्रहरी स्टेसनका इन्स्पेक्टर रामकुमार भगतले एनडीटीभीसँग भने, ‘यी अपराधीहरू ब्याग चोरी, बैंक चोरी लगायतमा माहिर हुन्छन् । उनीहरू मध्ये धेरै १७ वर्षभन्दा कम उमेरका छन् ।’

प्रहरीको रेकर्डमा यी तीन गाउँका २ हजार जनाभन्दा बढी माथि ८ हजार केसहरू दर्ता भएका छन् । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker