एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोख्रेल

भञ्ज्याङ न्यूज

नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको बताउदै महासचिव पोख्रेलले भने, ‘अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव देखिदैन ।’

‘देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ’, उनले भने, ‘प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ ।’

यस्तै, महासचिव पोख्रेलले नेकपा हुँदा एक पद : एक व्यक्तिको नारा लगाउने माधव नेपाल नै अहिले दुइ पद लिएर बसेको बताएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पदको लोभले माधव नेपाल र प्रचण्डले पार्टी विभाजन गराएको आरोप समेत लगाए ।

‘माधव कमरेडले एउटा पद छाडे भयो त, अध्यक्ष र संसदीय दलको नेता किन आफै भएको ?’ उनले भने, ‘प्रचण्डको सुनियोजित चालका कारण नेकपा विभाजित भएको हो ।’

वास्तविक नेकपा एमालेमात्र भएको बताउँदै उनले भने, ‘प्रचण्डको पार्टी माओवादी मात्र देखिन्छ, माधव नेपालको पार्टी पूर्व एमाले मात्र देखिन्छ । एमालेमा माओवादी पनि छन्, नेकपा देखिने एमाले मात्रै हो ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker