कारबाहीमा परेका र स्वतन्त्र बसेकालाई पार्टीमा फर्कन कांग्रेस तनहुँको आग्रह

नेपाली कांग्रेस तनहुँले आफैंले कारबाही गरेका र पार्टीबाट अलग भएर स्वतन्त्र भूमिकामा रहेकाहरुलाई मुलधारमा फर्कन आग्रह गरेको छ ।

नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले आइतबार विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनमा बाग़ी उम्मेदवारी दिएको भन्दै निष्काशितहरुलाई पनि पार्टीको मुल धारमा फर्कन उनले आग्रह गरेका हुन् ।

‘वैशाखमा भएको स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णय गर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजीनामा दिई वा पार्टीका उम्मेदवार विरुद्ध संगठित अभियानमा लागि विचलित भएको हामी जानकार नै छौं,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीबाट प्राप्त अवसरहरू लिएका र अवसर प्राप्तिका नजिक रहेका साथीहरु पार्टीको उम्मेदवारविरूद्धको तत्कालको आक्रोशमा लाग्नु भएको कारणले पार्टीलाई क्षति पुगेको छ ।’

उनले आगामी दिनमा पार्टीबाट मुल्यांकन र सम्मानमा कुनै विभेद नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker