निर्माण व्यवसायी संघ तनहुँमा नयाँ कार्यसमिति चयन
भञ्ज्याङ समाचारदाता/दमौली

निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल निर्वाचित भएका छन् संघको २७औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट खनाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद देवकोटा, उपाध्यक्षहरुमा पुष्प कुमार श्रेष्ठ र बिष्णुराम थापा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा कृष्ण नारायण श्रेष्ठ, ऋषिराम अधिकारी, बिम बहादुर थापा, शेर बहादुर गुरुङ र बसन थापा निर्वाचित भएका बताइएको छ।
अधिवेशनबाट महासचिव सुवर्ण श्रेष्ठ, नीतिगत सचिवमा मदन गैह्रे, वस्तुगत सचिवमा कृष्णमुराली श्रेष्ठ, कोषाध्यक्षमा सुरेश घिमिरे, सहकोषाध्यक्ष भुवन दरै सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, संघको सदस्यहरुमा १० वटा स्थानीय तहबाट एक-एक जना चयन गरिएको छ ।
भिमाद नगरपालिकाबाट मनोज खनाल, शुक्लागण्डकी नगरपालिकाबाट आइत सिं भोलन, भानु नगरपालिकाबाट मनबहादुर आले, आँबुखैरेनी गाउँपालिकाबाट शिवराम केसी, म्याग्दे गाउँपालिकाबाट नरसिं राना, व्यास नगरपालिकाबाट दिनेश वाग्ले र बन्दिपुर गाउँपालिकाबाट निरज श्रेष्ठ सर्वसम्मत चयन भएको बताइएको छ । यस्तै, घिरिङ, रिसिङ र देवघाट गाउँपालिकाबाट सदस्य चयन गर्न बाँकी रहेको छ ।
संघको खुला सदस्यमा केदार अधिकारी, खरेदा बाकस मियाँ र महिला सदस्यमा जानकी थापा चयन भएका छन् । लेखा संयोजकमा दीपकुमार श्रेष्ठ, सदस्यहरुमा प्रताप श्रेष्ठ र राजेश पण्डित चयन भएको बताइएको छ ।










