सहमतिमै उम्मेदवार तह हुन्छ : सांसद श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार तय हुने बताएका छन् ।

सांसद श्रेष्ठले मंगलबार दमौलीमा पत्रकार भेटघाट गरी तनहुँ क्षेत्र नं. १ मा उम्मेदवारीका विषय धेरै चर्चा भएकाले सहमतिमै गठबन्धनबाट उम्मेदवार तय गरिने बताए । उनले भने, ‘राजनीतिक दलबीच पहिला भएको सहमति अनुसार ज-जसले जहाँबाट जितेको छ त्यहीबाट उम्मेदवारी दिने भनिएकाले तनहुँ-१ मा मेरो दाबी स्वभाविक हो ।’

आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीले भनेको मान्नुपर्ने बताउँदै उनले भने, ‘पार्टीले कञ्चनपुर, बारा, झापा गएर निर्वाचन लड्न भने पनि तयार नै छु ।’ उनले गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘धेरै त्याग तपस्या गरेर गठबन्धन बनायौँ, यसलाई निरन्तर अगाडि लैजानुछ ।’

आफूले अघिल्लो पटक जितेको ठाउँबाट नै चुनाव लड्ने तयारी गरेका सांसद श्रेष्ठल २०७४ मा चुनाव जितेको तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य गोविन्द भटराइ, शंकर भण्डारी लगायत सत्ता गठबन्धनकै नेताहरुले उम्मेदवारी दिने चर्चा चलेको छ ।

सत्ता गठबन्धनबीच सिट भागबण्डा हुँदा तनहुँ १ आफ्नो पार्टीले पाउने र आफू उम्मेदवार हुने श्रेष्ठको दाबी छ । ‘हामीले विद्रोह नगरेको भए, तपाईंको सभापति प्रधानमन्त्री बन्नुहुन्थ्यो ?, हामीले विद्रोह गरेकाले आज संविधान, लोकतन्त्र र संघीयता बचेको छ, हामीले विद्रोह गरेकाले त ३० सिट जितेको तपाईंको सभापति प्रधानमन्त्री बन्नु भएको छ,’ तनहुँमा एकीकृत समाजवादीलाई सिट दिँदैनौं भन्ने कांग्रेस नेताप्रति लक्षित गर्दै उनले भने ।

उनले तनहुँका कांग्रेस नेताहरुलाई आफूले सम्मान गर्ने बताउँदै आफूमाथि अन्याय नहुने विश्वास व्यक्त गरे । २०७४ मा वाम गठबन्धनबाट तत्कालीन एमालेका उम्मेदवार किसानले कांगे्रसका वरिष्ठ नेता पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker