नेपाली कांग्रेस स्वतन्त्र अभियानले नेता जोशीलाई उम्मेदवार बनाउने

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्वतन्त्र अभियान अन्तर्गत जिल्ला समितिको सोमबार दमौलीमा बसेको विशेष भेलाले उम्मेद्वार बनाउने निर्णय गरेको हो । भेलाले प्रदेश सभा सदस्य टिकट दिने जिम्मेवारी तथा विविध परिस्थितीको विश्लेषण गरी उम्मेदवारी तोक्ने जिम्मा नेता जोशीलाई दिने निर्णय गरेको छ।

अभियानका जिल्ला संयोजक हरिशरण पण्डितको अध्यक्षता भएको विशेष भेलाले नेता जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको अभियानका महासचिव कमलभक्त पोख्रेलले बताए । भेलाले तनहुँ क्षेत्र नम्बर १ को लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । साथै चुनावी अभियानलाई तिब्रता दिन क्षेत्र नम्बर १ का ४२ वटै वडामा वडा प्रचार समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा संविधान सभा सदस्य उर्मिला थापा, स्वतन्त्र अभियन्ता सुकुमलाल गुरुङ, परशुराम गिरी, घनश्याम घिमिरे, डा. विद्युतकेशरी न्यौपाने, भिमबहादुर अधिकारी, भिमकुमार श्रेष्ठ, केशरबहादुर गुरुङ, सोलबहादुर चितौरे मगर, केशु गुरुङ, आरती थापा, डिलमाया गुरुङ, क्याप्टेन रेशमबहादुर गुरुङ लगायतले वर्तमान नेपाली काँग्रेसको नेतृत्वले न्यायपूर्ण टिकट वितरण नगरी व्यापक गुटबन्दी गरेकोले आफूहरु स्वतन्त्र अभियानमा लाग्नु परेको बताएका थिए ।

विकास प्रेमी र सिद्धान्त निष्ट नेता जोशीलाई जिताउन पार्टीको तथाकथित कारबाहीको धम्कीलाई वास्ता नगरी अगाडी बढ्ने र स्वतन्त्र अभियानलाई सार्थक बताउने प्रतिबद्धता भेलामा सहभागीले गरेका थिए ।

सो अवसरमा नेता जोशीले नेपाली काँग्रेसको वर्तमान नेतृत्व सिद्धान्तबाट स्खलित भएको, विकासका गतिविधी अगाडी बढाउन नसकेको, महंगी र भ्रष्ट्राचार बढाएको र संसदीय लोकतन्त्र र कानुनी राज्यलाई नै अस्तव्यस्त पारेकोले आफू एक पटक सांसद भई विकृति र विसंगतिका विरुद्ध संसदमा आवाज उठाउन चाहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker