कबडी प्रतियोगिता

पाँचौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत तनहुँको शुक्लागण्डकी-५, बेलचौतरास्थित नेपाल पुलिस स्कुलको प्राङ्गणमा आयोजित छात्रा कबडी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गाउँफर्कोदय माध्यमिक विद्यालय र अरनिको बोडिङ स्कूलका छात्रा खेलाडीहरु । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तनहुँका १० वटै पालिकामा विद्यालयहरु बीच विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिएका छन् ।

तस्विर : भञ्ज्याङ










