हाइग्राउडको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री

नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्ष्यित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क खेल्न पाउनेछन् ।
नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ ।
हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोला बाट २ सय ६२ फिट माथी ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने ब्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकै पटक बसेर खेल्न मिल्छ ।
परिवार र साथीहरु सँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क २ हजार प्रती ब्यक्ति र फोटो भिडियो टिसर्टको बाह्र सय रहेको छ ।
जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत  सुरुवात गरेको छ ।
सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको यस हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो ।
समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।
बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker