नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबालमा त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ ।

फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक/एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अङ्कले पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो क्वाटरमा १७–५, दोस्रो क्वाटरमा १५३, तेस्रो क्वाटरमा २२–१० र चौथो क्वाटरमा १४–१२ अङ्क प्राप्त गरेको थियो ।

त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी १५ अङ्क जोड्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका लागि सञ्जुले व्यक्तिगत १६ अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित ग¥यो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अङ्क जोड्नुभएको थियो ।

आजै भएको फुलकोर्टतर्फ प्रदेश नं १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको छ । बागमती प्रदेशले प्रदेश नं १ लाई ७५–२६ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अङ्क जोड्नुभयो भने प्रदेश नं १ का शीतल तामाङले आठ अङ्क जोड्नुभयो ।

थ्री बाई थ्रीतर्फ बागमती प्रदेशले मधेस प्रदेशलाई १४–२ ले पराजित ग¥यो । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेसका शवनम खातुनले एक अङ्क जोड्नुभएको थियो ।

थ्री बाई थ्रीतर्फ सुदूरपश्चिम र सशस्त्र प्रहरीको विभागीय टिम विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ७–६ अङ्कले पराजित ग¥यो । उक्त खेलमा सुदूरपश्चिमका अशिका कुँवरले व्यक्तिगत चार अङ्क प्राप्त गर्नुभएको थियो थियो प्रदेश नम्बर १ का सम्झना राईले तीन अङ्क जोड्नुभएको थियो ।

थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीको विभागीय टिमले गण्डकी प्रदेशलाई ९–७ ले पराजित ग¥यो । सशस्त्रका छिरिङ चोकेले व्यक्तिगत चार अङ्क जोड्नुभएको थियो भने गण्डकीका स्मृति गुरुङले चार अङ्क जोड्नुभएको थियो ।

प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् ।

तीन खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker