घरमै स्वास्थ्य परीक्षण सेवा

तनहुँको ऋषिङ गाउँपालिका-२ ग्वास्लुङ गाउँकै एक ज्येष्ठ नागरिकको घरमै रक्तचापको परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

ग्वास्लुङ सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीहरु तिलक रानाभाट र बसन्ती आले मगरले आफ्ना सेवा क्षेत्रका घर, टोलटोलमा पुगेर ज्येष्ठ नागरिक, बालबालिका तथा युवायुवतीहरुलाई रक्तचाप परीक्षणका साथै स्वास्थ्य परामर्श सेवा दिंदै आएका छन् ।

तस्विर : भञ्ज्याङ










