गण्डकीमा सुरेन्द्र पाण्डेलाई बहुमत पुग्यो, देवकोटा र मनाङेले हाले विश्वासको मत

गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे नेतृत्वको सरकार जोगिने भएको छ । अहिले भइरहेको मतदानमा राप्रपासहित फणिन्द्र देवकोटा र दीपक मनाङेले पनि पाण्डेलाई विश्वासको मत दिएका छन् ।
गण्डकीमा कांग्रेसको २७ सांसद छन् । उसलाई बहुमत पुर्याउन थप ४ जना सांसद आवश्यक थियो । राप्रपाले आज सदनमै विश्वासको मत दिने घोषणा गर्यो । यस्तै, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र मनाङेले पनि पक्षमा मतदान गरे । यससँगै ३१ जनाको बहुमत पुगेको छ ।
यद्यपि, मतदान सच्याउन सभामुखले समय दिनेछन् । त्यसपछि मत घोषणा हुनेछ ।