जनताको रोजाईमा परेको छु : उम्मेदवार गुरुङ
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेबाट तनहुँ-१ प्रदेश १ का उम्मेदवार रामबहादुर गुरुङले आफु जनताको रोजाईमा परेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका उम्मेदवार गुरुङले जनताले आफ्नो पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसैक्रममा गण्डकी प्रदेशका निवर्तमान् सांसद एवं निर्यात व्यावसायिक महासंघका अध्यक्ष समेत रहेका उम्मेदवार गुरुङ पनि घरदैलो अभियानलाई तीब्र पारेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडलको पुरानो गाउँ व्यास-८ रिस्ति स्थित रिस्ति खोलामा मोटररेवल पुल अत्यावश्यक भएकाले गुरुङकै पहलमा उक्त स्थानमा २ वटा मोटररेवल पुल निर्माण गर्न पहल गरेकै कारणले पनि गुरुङलाई आम मानिसहरुले सम्भिmरहेका छन् । गण्डकी प्रदेश सरकारको महत्वाकांक्षी योजना एक घर एक धारा भने कार्यक्रम कार्यान्यवनमा पनि आफ्नै सक्रिय सहभागिता रहेको गुरुङ बताउँछन् ।
पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री र तनहुँकै नेता किरण गुरुङ अर्थमन्त्री हुँदा धेरै ठाउँमा पुल, खानेपानी, बाटो, सामुदायिक भवन, होमस्टेहरु बनाउन आर्थिक सहयोग, वोटविरुवाहरु वितरण लगायतका धेरै योजनाहरु सजिलैसंग आफ्नो क्षेत्रमा बजेट ल्याउन सफल भएको उम्मेदवार गुरुङले दाबी गरेका छन् ।
पार्टीले दिएको काम र जनताको अपेक्षा पुरा गर्न कहिल्यै नहच्किचाएको बताउने गुरुङ प्रदेशसभा सदस्य निर्वाचित भएर जनताका कामहरु धेरै गरेको र धेरै योजनाहरु अधुरा रहेका हुँदा ती अधुरा योजनालाई पूर्णता दिन पनि पुनः आफु चुनावी मैदानमा आएको बताएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य रहँदा आफुले जनतासंगको भेटघाट र बिकास निर्माणका काममा खट्ने गरेको र कोभिड-१९ को महामारीको समयमा समेत विकास निर्माणका धेरै कामहरु गरेको कारण जनताले यसपटक पनि आफुलाई भोट दिएर निर्वाचन गराउनेमा उम्मेदवार गुरुङ विश्वास्त छन् ।









