आर्थिक वर्ष २०७९/०८० का लागि शुक्लागण्डकी नगरपालिकाको एक अरव २२ करोड १६ लाख बजेट

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि एक अरव २२ करोड १६ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख खुमबहादुर बि.क (राजु)ले शुक्रबार ११औं नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेका हुन् ।
समानीकरण अनुदान संघबाट १६ करोड ३१ लाख, राजश्व बाँडफाँट संघबाट १२ करोड ९८ लाख ९० हजार, शशर्त अनुदान ४१ करोड ९ लाख, समानीकरण अनुदान प्रदेशबाट एक करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँट प्रदेशबाट एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपुरक अनुदानबाट ७० लाख, आन्तरिक आयबाट १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट २५ करोड, गरिबसँग विश्वेसर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट ६ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट २ करोड ९४ लाख ४० हजार ८२०, जनसहभागिताबाट ३ करोड रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

त्यसै व्ययतर्फ विषयगत बजेटतर्फ २४ करोड ९५ लाख ३१ हजार ८२०, शशर्त अनुदानतर्फ ४१ करोड ९ लाख, प्रदेश समपुरकतर्फ ७० लाख, वडागत सिलीङतर्फ ९ करोड ७६ लाख, सडकबोर्डतर्फ ६० लाख, गरिवसंग विश्वेसर तर्फ ६ लाख, सामाजिक सुरक्षातर्फ २५ करोड, चालुतर्फ १७ करोड र जनसहभागितातर्फ ३ करोड गरी एक अरव २२ करोड १६ लाख ३१ हजार ८२० रुपैयाँ सार्वजनिक गरिएको छ ।










