नदीजन्य जोखिम न्यूनिकरण एवं विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम एकीकृत घटना अभ्यास प्रदर्शनी

तनहुँ जलविद्युत आयोजनाद्वारा सोमबार ऋषिङ गाउँपालिका-१ सेती नदीमा नदीजन्य जोखिम न्यूनिकरण एवं विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम एकीकृत घटना अभ्यास प्रदर्शनी गरिएको छ ।

जलविद्युत आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीमा निर्माण गरिएको अस्थायी बाँध (कफर ड्याम) र निर्माण हुने मुख्य बाँधका कारण भविश्यमा आउन सक्ने सम्भावित बाढीजन्य विपद् र त्यसले तल्लो तटीय क्षेत्रमा पर्न सक्ने क्षतिका विषयमा जानकारी गराउने उद्देश्यले उक्त नमूना अभ्यास प्रदर्शनी गरिएको हो ।

तनहुँ जलविद्युत आयोजनाको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तहहरु, सरोकारवाला निकाय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा सहकार्यमा गरिएको उक्त कृत्रिम घटना अभ्यास प्रदर्शनीमा बाढी तथा आगलागीमा खोजतलास, उपचार र राहत वितरणमा आधारित रहेको थियो ।

जलविद्युत आयोजनाको बाँध निर्माणस्थलदेखि तल्लो तटीय क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षाको सुनिश्चितता, सचेतना तथा सुरक्षाको प्रत्याभूति प्रदान गर्न अभ्यास गरिएको थियो ।

सेती नदीमा आउन सक्ने सम्भावित बाढी र पानीको सहतमा हुन सक्ने उतारचढावका विषयमा बाँध निर्माणस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन विभिन्न १५ ठाउँमा साइरन जडान गरिएको तनहुँ जलविद्युत आयोजनाका निमित्त आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । बाँधको भौतिक स्थायीत्व र सुरक्षा तथा भूकम्पीय गतिविधीबाट बाँधमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न आयोजनाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विदेशी परामर्शदाताको संलग्नतामा १४० मिटर अग्लो मुख्य बाँध डिजाइन गरेको छ ।

बाँधको डिजाइन तथा निर्माण कार्यको अन्तर्राष्ट्रिय विज्ञ समूहबाट आवाधिक रूपमा निरीक्षण हुने गरेको छ । बाँधको डिजाइन १० हजार वर्षा १ पटक आउन सक्ने सबैभभन्दा ठूलो भूकम्प र बाढीलाई आधारमानी गरिएको छ । सेती नदीमा २० वर्षमा एक पटक आउनसक्ने सम्भावित बाढीलाई ध्यान दिएर हाल ३५ मिटर अग्लो अस्थायी बाँध मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको प्रमुख भण्डारीले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको परामर्शमा निर्माण गरिएको अस्थायी बाँध र अब निर्माण हुने मुख्य बाँध फुट्ने सम्भावना ज्यादै न्यून रहेको छ । बाँध प्राविधिक रुपमा सुरक्षित रहेको बताइएको छ । तर पनि सेती नदीमा आउनसक्ने सम्भावित बाढी र त्यसले बाँध निर्माण स्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पर्न सक्ने असरलाई न्युनिकरण गर्नकालागि गर्नुपर्ने प्रतिकार्य अनुसार विपद् नमुना अभ्यास गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा नदीमा बाढी आउँदा सुरक्षाकर्मी र रेडक्रसकर्मीले गर्ने उद्धारको तरिका प्रदर्शनी, घाइतेको प्राथमिक उपचारको पक्रिया तथा आगजनीबाट घरमा हुने क्षतीको नियन्त्रण, घाइतेको उद्धार, भौतिक सम्पत्तीको सुरक्षा गर्ने तरिकाका विषयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रुपमा अभ्यास प्रदर्शनी गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker