तेश्रो तनहुँ क्रिकेट लिगका टिम घोषणा

भञ्ज्याङ न्यूज

तेश्रो तनहुँ क्रिकेट लिगका लागि टिम घोषणा गरिएको छ । पेलिकन्स क्लव तनहुँले पुस १ गतेदेखि सञ्चालन गर्न लागेका लिगका लागि मंगलबार टिम घोषणा गरिएको हो । लिगमा सहभागी हुनका लागि तनहुँका अतिरिक्त बाहिरी जिल्लाका खेलाडीले पनि नाम दर्ता गराएका थिए ।

लिगका लागि तीन टिम घोषणा गरिएको लिगका संयोजक उमेश पौडेलले जानकारी दिए । टिममा खेलाडी लिलामी प्रक्रियाबाट छनोट गरिएको छ । टिममा तनहुँका २३ र बाहिरी जिल्लाका १३ खेलाडी छनोट भएका छन् ।

लियो क्लव अफ तनहुँमा सागर घिमिरे (कप्तान) रमेश बस्नेत, विश्व कार्की, सौरभ मियाँ, विनय भण्डारी, सचिन अधिकारी, अलिक श्रेष्ठ, आयुष सैजु, साहिल श्रेष्ठ, पुजन पौडेल, सुवर्ण खड्का र ऋतिक थापा समावेश भएका छन् । उक्त क्लवको व्यवस्थापकमा सुनिल मिश्र रहेका छन् ।

पेलिकन्स क्रिकेट क्लवमा चन्द्रकान्त पौडेल (कप्तान), दिनेश बूढा मगर, नविन यादव, सन्दिप खत्री, उत्सव श्रेष्ठ, उज्वल सिंह, सुवास भण्डारी, अनुप अधिकारी, पासाङ दोर्जे, नितेश गिरी, आनन्द सुनार र प्रमोद बास्तोला समावेश भएका छन् । उक्त टिमको व्यवस्थापकमा आकाश खनाल रहेका छन् ।

रिभल्समा समिर कंडेल (कप्तान), प्रदीप अर्याल, सन्दिप पराजुली, केडी, दिपक डुम्रे, किरण भट्टराइ, अशोक पौडेल, सुशील गिरी, ऋतिक पन्थ, अर्जुन श्रेष्ठ, कुशल पण्डित, सन्दिप गुरुङ समावेश भएका छन्। उक्त टिमको व्यवस्थापकमा प्रविण पौडेल रहेका छन् ।

खेलाडी छनोटका क्रममा प्रदीप अर्याल सबै टिमको रोजाइमा परेका थिए । प्रथम वर्षआयोजित लिगको उपाधि दमौली रिभल्स र दोस्रोको उपाधि दमौली क्रिकेट क्लवले जितेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker