तनहुँका १० वटै पालिकामा एमालेको जनप्रदर्शन

तनहुँ : नेकपा एमाले तनहुँले मंगलबार प्रतिगमनविरुद्ध पालिकास्तरमा आयोजित जनप्रदर्शन गरेको छ । केन्द्रीय कमिटीको निर्णयअनुसार सञ्चालन गरिएको सो अभियान ‘प्रतिगमनविरुद्ध जागरण तथा सचेतना कार्यक्रम’ गरिएको हो ।
एमालेले हालको ‘असंवैधानिक सरकार’को विस्थापन, प्रतिनिधि सभा पुनःस्थापना तथा भदौ २३ र २४ गतेका अपराधीक घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘शान्ति–सुरक्षाको प्रत्याभूति गर’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
दमौलीमा आयोजित प्रमुख कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगवती न्यौपानेले जेनजी प्रकरणका नाममा ‘अपराधिक तत्वहरूले देशविरुद्ध षड्यन्त्र गरेको” आरोप लगाइन् । सो क्रममा उनले प्रतिनिधि सभा पुनःस्थापनाबिनाको विकल्प नभएको बताइन् ।
केन्द्रीय कमिटीको निर्णयानुसार तनहुँका १० वटै पालिकामा पनि एमाले नेताहरूले विरोधसभामा सम्बोधन गरिएको थियो ।
देवघाटमा केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठ र प्रदेश समिति सदस्य प्रेम रानाले, आँबुखैरेनीमा प्रदेश सदस्य रामबहादुर गुरुङ र ऋषि केसीले, बन्दीपुरमा केन्द्रीय सल्लाहकार एकबहादुर राना र प्रदेश सदस्य देवु विष्टले, भानुमा केन्द्रीय सदस्य सविता रसाइली, जिल्ला अध्यक्ष हरिराज कडेंल र प्रदेश सदस्य बाबुराम सुनारले, व्यासमा केद्रीय सदस्य भगवती न्यौपाने, सल्लाहकार नरेन्द्रराज वाग्ले, प्रदेश सदस्य मनुमाया श्रेष्ठ र जिल्ला सचिव प्रदिपराज अधिकारीले सम्बोधन गरेका थिए ।
यस्तै, म्याग्देमा सल्लाहकार दधिराज सुवेदी, प्रदेश सदस्य रत्ना घिमिरे र उपसचिव सुनिता नेपाली, शुक्लागण्डकीमा प्रदेश सदस्यद्वय श्रीप्रसाद श्रेष्ठ र कमल ढकाल, उपसचिव खिम कुमाल र पूर्व सभासद हसिना मियाँ, भिमादमा केन्द्रीय सदस्य केदार सिग्देल र प्रदेश पूर्व उपसचिव रश्मी आचार्य, ऋषिङमा सल्लाहकार शेषमणी आचार्य, प्रदेश सदस्य होमबहादुर थापा र उपाध्यक्ष राजेश्वर ढकाल, घिरिङमा पोलिटब्युरो सदस्य टुकराज सिग्देल, प्रदेश सदस्य श्यामराजा महत र विष्णुभक्त सिग्देल लगायत नेताहरूले सम्बोधन गरेका थिए ।
जिल्लाभर करिब १५ सयभन्दा बढी कार्यकर्ता प्रदर्शनमा सहभागी भएको एमाले जिल्ला सचिव प्रदिपराज अधिकारीले जानकारी दिए । एमालेले आगामी कार्तिक २९ गते शनिबार दमौलीमा बृहत् जनसभा आयोजना गर्ने तयारी गरेको एमाले तनहुँले जनाएको छ ।










