तनहुँका २ सहित १०२ जनामा कोरोना संक्रमण पुष्टि
भञ्ज्याङ न्यूज

पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय तनहुँका अनुसार बन्दिपुर गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ऐन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा शक्रबार १ र शनिबार १ जना गरी बन्दिपुरका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।










