शिक्षक संघ तनहुँको अध्यक्षमा भट्टराइ विजयी

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल शिक्षक संघ तनहुँको अध्यक्षमा रमेशबाबु भट्टराइ विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार ६६४ मत प्राप्त गरी भट्टराइ अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी भरत काफ्लेले ६२१, उपेन्द्र विष्टले २७५ र ज्ञानेन्द्र न्यौपानेले १३२ मत प्राप्त गरेका छन् ।

म्याग्दे गाउँपालिका-६ स्थित रत्न माविमा प्रधानाध्यापक रहेका भट्टराइले शिक्षक हकहितका आवाज उठाउँदै आएका छन्। खुल्ला उपाध्यक्षमा अशोकचन्द्र वाग्ले ९०७ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी शिवराम पन्थले ६२७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा लक्ष्मी मल्ल ९२५ मत प्राप्त गरी विजयी भइन् । प्रत्यासी शान्ता बास्तोलाले ७३५ मत प्राप्त गरिन् । सचिव अर्थमा राजु ढकाल ८७६ मत प्राप्त गरी विजयी भएका छन् । प्रत्यासी कृष्णप्रसाद तिवारीले ७०३ मत प्राप्त गरे ।

सहसचिव खुल्लामा विजयराज खनाल विजयी भएका छन् । उनले ६६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी खेमराज रेग्मीले ४०८, दयाराज कट्टेलले ३१४ र गोविन्द खड्काले २०९ मत प्राप्त गरे ।

सहसचिव समावेशीमा नन्दबहादुर थापा ११०४ र तुलबहादुर गुरुङ ७०१ मत प्राप्त गरी भएका छन् । प्रतिस्पर्धी विष्णुप्रसाद श्रेष्ठले ५५० र महेन्द्रकुमार श्रेष्ठले ५७५ मत प्राप्त गरे । सचिवमा नरेन्द्र न्यौपाने, सहसचिव अर्थमा रिसीमाया मगर, सहसचिव महिलामा शारदा अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker