आदिकवि भानुभक्तमा स्ववियु निर्वाचन स्थगित : सबैको अपनत्व हुने गरी समिति बनाउन माग
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको हो ।
क्याम्पसले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको जनाएको छ । सबै विद्यार्थी संगठनको सहमतिमा स्ववियु पदाधिकारी तथा सदस्य टुंगो लगाउने तयारी भएको स्रोतले बताएको छ ।
सबैको अपनत्व हुने गरी समिति बनाउनुपर्छ : सभापति उम्मेदवार लामिछाने
यस्तै, आदिकवि भानुभक्त क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट उम्मेदवार बनेका सविन लामिछानेले सबै विद्यार्थी संगठनको अपनत्व हुने गरी समिति निर्माण गर्न माग गरेका छन् ।
क्याम्पस प्रशासनले शुक्रबार सूचना जारी गरी निर्वाचन स्थगित गरेपछि लामिछानेले स्ववियुलाई बलियो बनाउन सबैको अपनत्व हुनुपर्ने बताए ।

उनले भने, ‘स्ववियु भनेको सम्पूर्ण विद्यार्थीहरुको साझा छाता सङगठन हो । विद्यार्थी हकहित शैक्षिक क्षेत्रमा देखिएका समस्याको निराकरण र शैक्षिक संस्थामा देखिएको अनियमिताको नियमन गर्नुपर्छ । यो संगठनलाई सबैको अपनत्व कायम हुने बनाउनुपर्छ ।’










