शुक्लागण्डकीमा बाम भेटघाट तथा शुभकामना आदनप्रदान

दुलेगौंडा । चाडपर्वको अवसरमा बाम घटक शुक्लागण्डकीले बाम भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम दुलेगौंडामा सोमवार सम्पन्न गरेको छ ।

बामबुद्धिजिवी शेषमणि आचार्य लगायतले २०५१ सालदेखि शुरु गरेको बाम एकता भेटघाट कोभिडको समयबाहेक प्रत्येक वर्ष आयोजना हुदै आएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ बाम बुद्धिजिवी एवम् पत्रकार विश्वबन्धु भण्डारीले कम्युनिष्टहरुले आफ्नो आचारणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, श्यामराजा महत, बामपन्थी नेता जनादर्न वियोगी लगायतले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका थिए । सहभागी बाम नेताहरुले व्यक्तिगत हित र स्वार्थमा केन्द्रित भन्दा देशको विकास र समृद्धिमा केन्द्रित रहन सुझाव दिए । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एस शुक्लागण्डकी नगर कमिटी अध्यक्ष राम बहादुर क्षेत्री थापा, नेकपा जिल्ला सेक्रेटरी विलास सी लगायतले बोलेका थिए ।

सो भेटघाटले बाम घटक पार्टीबीच कार्यगत एकता गर्ने र नगरभित्र रहेका विकृति विसंगति,भ्रष्टचारविरुद्ध एक हुने निर्णय समेत भएको नेकपा एमाले शुक्लागण्डकी नगर कमिटिका अध्यक्ष पौडेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker