तनहुँ-१ उपनिर्वाचन : कांग्रेसका ६ जनाको दरखास्त, नेकपा माओवादीबाट ७ जनाको नाम लिस्ट तयार

भञ्ज्याङ न्यूज

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले अगामि वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेसंगै विभिन्न राजनीतिक दलहरु यतिबेला निर्वाचनको तयारीमा जुटेका छन् ।

तनहुँ-१ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसमा शुक्रबार छ जनाले दरखास्त दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन मागेको पहिलो दिन छ जनाले दरखास्त हालेका हुन् ।

पूर्व सभापति रघुनाथ पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराइ, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दिपक भट्टराइ, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले दरखास्त दिएका क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी गराए ।

उम्मेदवार आंकाक्षीसँग ६ हजार शुल्क लिइएको छ । शनिबार पनि आकांक्षीले दरखास्त दिन सक्नेछन् । क्षेत्रीय समितिले चैत १५ भित्र उम्मेदवारको नामावली प्रदेशमा सिफारिस गर्ने बताइएको छ ।

यस्तै, वैशाख १० गते हुने उपनिर्वाचन हुनेभएपछि नेकपा माओवादी केन्द्रले दावी गरेको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइरालाको उपस्थितिमा बन्दिपुरमा बसेको बैठकले तनहुँ-१ को रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा दावी गर्ने निर्णय गरेको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादीसँगको गठबन्धनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भई हाल राष्ट्रपति बनेपछि यस क्षेत्रमा माओवादीले दावी गर्ने माओवादी केन्द्र बन्दिपुरका नेता पूर्णसिं थापाले बताए ।

माओवादी केन्द्रले सम्भावित उम्मेदवारको लिष्ट समेत तयार पारेको नेता थापाले बताए । उनका अनुसार पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य ओमकुमारी पौडेल, वैकल्पिक सदस्य हेमराज लामिछाने, गीता शाही, सूर्य गौली, भिम राना र पूर्णसिं थापामध्ये एकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker