४२औं वर्ष प्रवेश गरेको “भञ्ज्याङ” !
नारायण खड्का

विभिन्न आरोह अवरोह पार गर्दै आजबाट ‘भञ्ज्याङ’ले आफ्नो ४२औं वर्षको प्रकाशन यात्रा शुभारम्भ गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रा शुरु गरेको ‘भञ्ज्याङ’ वि.सं. २०५९ सालदेखि तनहुँको दमौलीबाट ‘दैनिक’ रुपमा प्रकाशन हुँदै आएको छ । नेपाली पत्रकारिता क्षेत्रको इतिहासका रुपमा आफ्नो अलग पहिचान बनाउन सफल यस ‘भञ्ज्याङ’को ४१औं वर्षे यात्रा पार गर्न हामीलाई साथ, सहयोग, सहकार्य गर्नुहुने हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । यो यात्रा तय गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ । तनहुँको सदरमुकाम दमौलीबाट भञ्ज्याङ पब्लिकेशन प्रा.लि. मार्फ भञ्ज्याङ दैनिक प्रकाशित हुँदै आएको छ । पत्रिकाले बिगतका घटना र वर्तमानका परिकल्पनालाई फर्किएर हेर्दा धेरै उतारचढाभका साथै संघर्षशिल इतिहास बनाएको र बन्न पुगेको छ । मुलुकमा भएका विभिन्न कालखण्डहरुमा जोखिमको सामनासँगै समाधानको खोजी गर्दै आमपाठकको चाहानालाई साथ र सहकार्य गर्दै भञ्ज्याङले आफ्नो यात्रा निरन्तर अगाडि बढाउँदै आएको छ ।
परिवर्तनका निम्ति मुलुकमा भईरहने राजनीतिक मुद्दाले बेलाबखत उथलपुथल बनाउने गरेको छ । अहिले मुलुक संघीय संरचनामा अगाडि बढेको छ । बिगतका घटनाक्रमलाई तुलनात्मक रुपमा वर्णन गर्ने अवस्था भने छैन । नेपाल र नेपाली जनतामाझ जोडिएको विकास निर्माण र संमृद्धिका लागि भएका संघर्षले संघ, प्रदेश र स्थानीय तहको संरचना तयार भएका छन् । मुलुकको भौगोलिक विविधता, सांस्कृतिक, जातीय पहिचानका भेषभूषा जीवनत राख्नु देशको पहिचान हो । यो पहिचानलाई आत्मसाथ गर्दै भञ्ज्याङले साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढ्दै आएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाल, पहाड र तर्राईसम्म बसोवास गर्ने आम नेपालीलाई सिंहदरबारको अधिकार घरआँगनसम्म पुर्याउने लक्ष्यका साथ अहिले मुलुकमा तीन तहको सरकार सञ्चालनमा छन् । यी तीनै तहको मुख्य लक्ष्य भनेको मुलुकलाई विकास समृद्धिको बाटो तर्फडोर्याउनु हो र छ ।
स्थानीय तहको दोश्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको पनि करिब एक वर्षो कार्यकाल पुग्नै आँटेको छ । निर्वाचित जननप्रतिनिधिहरु पनि मुलुकको संविधानले दिएको अधिकारलाई परिचालित गर्न सोही रुमपा कार्यस्थलमा खटिएका छन्। तर, अहिलेको वर्तमान अवस्था अल्लि फरक देखिएको छ । मुलुकको राजनीतिक घटनाक्रमले जनताका जुन आशा, अपेक्षा र चाहाना थिए त्यसमा कतै ठेस लाग्ने त होइन- शंका र प्रश्न खडा भइरहेका छन् । यस पत्रिकाले ४२औं खुड्किलो टेक्दै गर्दा आधुनिक प्रविधिका साथै नयाँ मिडियाले आफ्नो पकड जमाइसकेको अवस्था छ । प्रविधिका कारण सेकेण्ड भरमा दुनियाको खबर क्षणभरमै सबैको पहुँचमा पुग्न थालेका छन् । प्रविधिको विकाससंगै लिथो, लेटर प्रेस हुँदै पोलि र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएका छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चार माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत गराएको छ ।
सत्य, तथ्यमा आधारित रहि मुलुकभर छरिएका सामाग्रि टिपनटापन गर्दै ४१ वर्ष अघिदेखि भञ्ज्याङ पत्रिका अनवरत यात्रामा रहिरहयो । टुक्राटुक्रा हत्केलामा जम्मा गर्दै यथार्तपरक रुपले आम नागरिकको हातहातमा पुगि रहेको छ । व्यक्तिविशेष पत्रकारिता नभई स्वतन्त्रतापूर्वक विषयगत बस्तुलाई प्राथमिकतामा राखि प्रकाशन माध्यमद्वारा पाठकको माझमा र्छलङ्ग हुने प्रयास निरन्तर चल्दै छ र चलिरहने छ भन्ने विश्वास हामी दिलाउन चाहान्छौं । शहरदेखि ग्रामीण बस्तिसम्म सम्भावना बोकेका सम्भावित स्थानलाई ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय कला संस्कृतिको संरक्षण, प्रवर्द्धनका साथै विकास निर्माणमा हुने अनियमितताका विषयमा खबरदारी गर्दै सम्बन्धित निकायलाई घच्घचाउँदै विकास र समृद्धिको बाटोमा मुलुक, समाजलाई डोर्याउने काम भञ्ज्याङ पत्रिकाले गर्दै आईरहेको छ । यसरी नै उकाली र ओराली हिड्दै गरेका यात्रीले थकाई मार्न भञ्ज्याङ चौतारीमा बिश्राम गर्नेका दुःख, पीडालाई समेटेर राख्ने गरेको छ ।
४२औं वर्ष प्रवेशका अवसरमा प्रकाशित भएको यस विशेषाङ्कमा हामीले जिल्लाका दश वटै पालिकाले विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि अवलम्बन गरेका नीति, कार्यक्रम र विनियोजित बजेटका विषयलाई समेट्ने जमर्को गरेका छौं । हामीले समयानुकुल मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै संघीय लोकतान्त्रिक पद्धतिको जनहित प्रणाली स्थायीत्वप्रति जनताले उपभोग गर्न पाउनुपर्छ जस्ता विविध बिषय उजागर गर्दै आएका छौं । आगामी दिनमा समेत पत्रकारिताको माध्यमसँगै निरन्तरताका पाईला अघि बढि रहनेछ । आम जनताका आवाजलाई अझै मुखरित गर्न प्रतिवद्ध रहने छौं ।
भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ राष्ट्रिय दैनिकले प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखि न्यू मिडिया अन्तरगत वेवसाइट, सामाजिक सञ्जालहरुमा फेसबुक पेज, ट्वीटर, युटुव च्यानल मार्फ पनि पाठकहरुलाई छिटो छरितो रुपमा विश्वासिला समाचार तथा सूचना प्रवाह गर्दै आएको छ । हाम्रो ४२औं वर्ष प्रवेशको सन्दर्भमा यस विषेशाङ्कालाई लेख, रचना, शुभकामना, विज्ञापन, सूचना उपलब्ध गराउनु हुने लेखक, पाठक, विज्ञापनदाता, विभिन्न संघ संस्था सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौं । हरेक बर्ष पुरानो हुँदै जाने तर स्मरण योग्य हुनाले प्रत्येक नयाँ बर्ष जन्मिन्छ । भञ्ज्याङ दैनिकको यो विषेशाङ्क पनि आशा र समिक्षाका लागि पाठक माझ सुम्पिएका छौं । विगतमा जस्तै आगामि दिनमा पनि पाठक, विज्ञापनदाता, सकारात्मक आलोचक, शुभचिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं । नयाँ बर्ष २०८० ले सबैमा सुख, शान्ति, सु-स्वास्थ्य, संमृद्धि प्रदान गरोस्, मुलुकलाई समृद्धिको बाटो तर्फ उन्मुख हुन सबै क्षेत्रबाट सकरात्मक पहल होस् भन्दै हाम्रो पनि शुभकामना ।










