एमाले सचिवालय बैठक : रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने निर्णय, कारबाहीमा हतार नगर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको छ । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको उल्लेख गरे ।

रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker