विद्यार्थीमा आँखा पाक्ने रोग संक्रमण देखिएपछि विद्यालय बन्द

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँका बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण देखिन थालेको छ । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालय र खैरेनी माध्यमिक विद्यालय बन्द गरिएको छ । खैरेनी माध्यमिक विद्यालयले साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको छ भने पञ्चमुनिदेवले थप दुइ दिन विद्यालय बन्द गरेको छ ।

हाल नेपालभर फैलिएको आँखा पाक्ने रोगले यस विद्यालयमा पनि अधिकांश शिक्षक तथा विर्द्यार्थीमा संक्रमण देखिएकाले तीन दिन शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय गरिएको खैरेनी माविका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी गराए ।

बिदाकौ दिनमा विद्यार्थीको सरसफाइ, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । यस्तै, पञ्चमुनी माध्यमिक विद्यालयले साउन १९ र २० गते विद्यालय बन्द गरेकामा त्यसलाई निरन्तरता दिँदै साउन २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्ण्र्ाागरेको छ । विद्यालयका करिब ३५ प्रतिशत विद्यार्थीमा रोगको संक्रमण देखिएकाले विद्यालय बन्द गरिएको विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी गराए ।

‘आँखाको समस्यका कारण आइतबारमात्रै कक्षा १० सम्मका विद्यार्थीमध्ये ३५ प्रतिशत विद्यार्थी विद्यालयमा अनुपस्थित भए’, उनले भने, ‘यस अघिपनि १९ र २० गते विद्यालय बिदा दिएका थियौं । रोग नियन्त्रणमा आउला भन्दा झनै बढेको पाएका छौं ।’

यस विद्यालयमा कक्षा १० सम्म एक हजार ४ सय जना विद्यार्थी छन् । जसमध्ये ४८६ जना विद्यार्थी आँखामा देखिएको समस्यका कारण विद्यालय नआएको विद्यालयले जनाएको छ । पञ्चमुनीदेवमा नर्सरीदेखि १२ कक्षासम्म २ हजार ४८६ जना विद्यार्थी अध्ययनरत छन् । आँखामा देखिएको समस्यका कारण हिउँदे बिदामा कट्टा गर्ने गरी कक्षा १२ सम्मै बिदा दिइएको शिक्षक एवं सूचना अधिकारी पुरीले बताए । हिउँदे बिदाबाट कट्टा हुने गरी आवश्यकता अनुसार शनिबारसमेत विद्यालय सञ्चालन गर्ने गरी साउन २४ गतेदेखि विद्यालय सुचारु हुने वा संक्रमण नियन्त्रण नरहे पुनःसूचना जारी गर्ने तयारीमा विद्यालय रहेको उनले जानकारी गराए ।

जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको संक्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन । यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने डा सञ्जीव अधिकारीले बताए । आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्न चिकित्सकहरुले सुझाएका छन् ।

यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको संक्रमणका कारण परीक्षण गराउनेको संख्या बढेको छ । हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको संख्या हृवात्तै बढेको छ । विगतको तुलनामा यसवर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालका स्वास्थ्य निर्देशक डा. इलिया श्रेष्ठले जानकारी गराए । ‘अस्पतालमा आँखाका बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ’, उनले भने, ‘दैनिक झण्डै एक सय जनामा आँखा पाक्ने रोग देखिएको छ ।’

आँखा रातो हुने, आँशु आउने, बिजाउने, चिप्रा लाग्नेलगायत समस्या देखिएको छ । आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए । ‘रोगको संक्रमण देखिए जथाभावि औषधिको प्रयोग र आँखा मिच्न हुँदैन’, उनले भने, ‘आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुन्छ ।’ संक्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधिलगायत सामग्री साटासाट गर्दा रोग तीव्ररुपमा फैलिने हुँदा राम्रोसँग साबुन पानीले हात धुन उनले सुझाव दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker