कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र, एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ?

रिखिराम जिसी

पोखरा । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्ता गठबन्धनले बुथ कब्जा र धाँधलीको तयारी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमालेसँग छलफल गरेको छ ।

कांग्रेसबाट कब्जा हुन सक्ने सम्भावित बुथमा संयुक्त प्रतिकार गर्नेबारे छलफल भएको रास्वपाका जिल्ला सहसंयोजक सुर्यमणी पौडेलले नेपाल प्रेसलाई बताए । उनले कतिपय बुथमा रास्वपाका कार्यकर्ता नभएको तर भोट हाल्न तयार भएका कांग्रेस कार्यकर्ता खुलेर बुथ प्रतिनिधि बन्न नसकेपछि एमालेसँग सहयोग मागिएको उनले बताए ।

पौडेलले भने–म जिल्ला सहसंयोजक पनि भएको र विगतमा एमालेनिकट भएका कारण एमालेका साथीहरुसँग छलफल गरेको हो । विशेषगरी एक दुईवटा बुथमा हाम्रा साथीहरुलाई धम्क्याएर गठबन्धनले घेराबन्दी पारेपछि एमालेसँग एजेन्ट सहकार्य गरौं भनेको हो ।

स्रोतका अनुसार शनिवार रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले दमौलीस्थित एमाले कार्यलयमा एमालेका उम्मेदवार सर्बेन्द्र खनालसहित नेताहरुसँग बुथ सुरक्षामा सहकार्य र आफ्ना कार्यकर्ता नभएका ठाउँमा एमालेबाट बुथ एजेन्ट दिन सल्लाह गरेका छन् । केही बुथमा एमालेकै कार्यकर्ता रास्वपाको प्रतिनिधि बन्नेछन् ।

पौडेलले भने–दमौलीकै एउटा बुथको लागि त्यो कुरा भएको हो । कांग्रेसका जिल्लास्तरीय नेताहरु नै हामीसँग छन् तर खुलेर एजेन्ट बस्न सक्ने अवस्था छैन । त्यसैले मत र बुथ जोगाउँन एमालेसँग छलफल भएको हो । एमालेका सबै वडा र टोलमा कार्यकर्ता छन्,हाम्रा मतदाता मात्र छन् ।

एमाले नेताहरुले भने रास्वपाका एजेन्टहरु कांग्रेसको घेराबन्दीमा परेपछि एमालेले केही ठाउँमा एजेन्ट पैंचो दिने सहमति भएको बताएका छन् । उनीहरुले एमाले चुनाव जित्ने अवस्थामा रहेको भन्दै बुथ सुरक्षाका लागि रास्वपाको आग्रहलाई अन्यथा नलिइएको बताए ।

यता रास्वपाका नेता पौडेलले कांग्रेसले शनिवार साँझसम्म पनि ठाउँ ठाउँमा प्रहरीकै संरक्षणमा सारी र पैसा बाँडेको आरोप लगाएका छन् । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker