प्रदेश अधिवेशनका लागि नेकपा (एकीकृत) समाजवादी तनहुँबाट प्रतिनिधि छनोट

दमौली : नेकपा (एकीकृत) समाजवादी गण्डकी प्रदेशको माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ । तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एकैदिन विहीबार आयोजित भेलाले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको हो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को दमौली र प्रतिनिधिसभा क्षेत्र नम्बर २ को भिमादमा आयोजित भेलाले प्रतिनिधि छनोट गरेको सो पार्टीका तनहुँ इन्चार्ज एवं केन्द्रीय सदस्य विद्यानाथ ढकालले जानकारी गराए ।
क्षेत्र नम्बर १ बाट मंगलप्रसाद श्रेष्ठ, गजेन्द्र पन्थ, गोविन्द अधिकारी, रनसिं नेपाली, श्रीप्रसाद भट्टराई र मनिमा राई चयन भएका छन् ।
क्षेत्र नम्बर २ बाट भूपाल थापा, अमृत थापा, विष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर थापा, रामबहादुर थापा, मननारायण श्रेष्ठ, कमानसिं दमाई, पवित्रा सुनार र मजदुर क्षेत्रबाट लालबहादुर पन्थ प्रतिनिधि छनोट भएका छन् ।
प्रदेश कमिटी साथै केन्द्रीय प्रतिनिधि परिषद् सदस्य आयोजकका हिसाबले स्वतः प्रतिनिधि हुने व्यवस्था भएकाले सो अधिवेशनमा तनहुँबाट कूल २५ जना प्रतिनिधिहरूको सहभागीता रहने ढकालले बताए ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker