प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो ।

कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापामगर, त्रिष्ना देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुँवर छनोट हुनुभएको सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी वैकल्पिक खेलाडीमा एलिना सुनार, सुरक्षा क्षेत्री र अनुष्का बराल हुनुहुन्छ । खेलाडी छनोट गर्न मङ्सिर २२ देखि छनोट ‘क्याम्प’ आयोजना गरिएको र जिल्लाबाट छनोट भएका खेलाडी पुस १ देखि पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सिग्देलको भनाइ छ । प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कपमा स्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फको छनोटका लागि भने क्लबस्तरीय प्रतियोगिता पोखरा रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा माछापुच्छ«े, पोखरा, अरण्यज्योति, साँग्रिला, कास्की र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker