घाँसीकुवामा बस दुर्घटना हुँदा दुइ जनाको मृत्यु, ३४ घाइते
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका-९ बस्ने ४५ वर्षीय हस्त राइ र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराए । र्राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका-८ बस्ने २८ वर्षीय विक्रम राइ, ताप्लेजजुङ याङ्बरक-६ बस्ने २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका-७ बस्ने ४२ वर्षीय रामप्रसाद राइ, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राइ र ४५ वर्षीय टीकाराज राइको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये धनकुटा साँगुरीगढी-९ बस्ने ३८ वर्षीय सन्तोषकुमार राइ, कास्कीको पोखरा महानगरपालिका-३१ बस्ने ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी-८ बस्ने ४८ वर्षीय जुनारसिंह राइ, ४४ वर्षीय तीर्थबहादुर राइ, ५० वर्षीय लक्षु राइ, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव-६ बस्ने २५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी-५ बस्ने २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी-७ बस्ने ४५ वर्षीय हरिशचन्द्र राइलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै धनकुटा सावरी-७ बस्ने ३० वर्षीय हमालप्रसाद राइ, सोही ठाँका २९ वर्षीय सन्दिप राइ, ३५ वर्षीय लखमन राइ, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी-७ बस्ने ४५ वर्षीय सविन राइ, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राइ, ४१ वर्षीय मनिराज राइ, सप्तरी महादेव-६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राइ, ४६ वर्षीय तीर्थ राइ, ४८ वर्षीय उदेश राइ, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राइ, २१ वर्षीय किरण राइ, धनकुटा चौबिसे-७ बस्ने २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राइ, ४७ वर्षीय जयकुमारा राइको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सप्तरी महादेव-६ बस्ने १५ वर्षीय प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।










