दमौलीको बुल्दीपुलमा ट्याक्सी दुर्घटना हुँदा पैदल यात्री सहित छ घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ दमौली स्थित बुल्दीपुलमा ट्याक्सी दुर्घटना हुँदा पैदलयात्री सहित छ जना घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१ज ३७३२ नम्बरको ट्याक्सी शनिबार दिउँसो दुर्घटना दुइ जना पैदलयात्री र चार जना ट्याक्सीमा सवार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्याक्सीको ठक्करबाट पैदलयात्री व्यास नगरपालिका-१ गल्वुवेशी बस्ने ८ वर्षीया नाहिशा गुरुङ र ४ वर्षीया निहा गुरुङ घाइते भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

पैदलयात्रीलाई ठक्कर दिँदा उक्त ट्याक्सी अनियन्त्रित भई सडकबाट अन्दाजी दुइ मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा ट्याक्सी चालक कास्कीको पोखरा महानगरपालिका-१० बस्ने ४० वर्षीय गौतम गुरुङ, ट्याक्सीमा सवार व्यास नगरपालिका-१ गल्वुवेशी बस्ने २८ वर्षीया सपना अधिकारी, पोखरा महानगरपालिका-१० बस्ने ५७ वर्षीया हेमकला राइ र ६४ वर्षीय विष्णुकुमारी गुरुङ घाइते भएका छन् ।

घाइतेमध्ये दुइ पैदलयात्रीको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हेमकला र विष्णुकुमारीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चालक गौतम र सपना अधिकारी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker