पाँच वर्षमा पुलको फाउण्डेशनमात्रै

तनहुँको आँवुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेमा बनाउन लागिएको मोटरेवल पुल अलपत्र अवस्थामा । २०७५ माघदेखि पुल निर्माण सुरु भएपनि ठेकेदारको लापरवाहीका कारण हालसम्म यो पुलले पूर्णता पाउन सकेको छैन ।
नारायणगढ-मुग्लिन सडकखण्डको बीच भाग स्थित घुमाउनेबाट तनहुँको बुद्धसिं मार्गलाई जोड्ने भन्दै निर्माण थालिएको पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ । घुमाउनेमा पुल तरेर बुद्धसिंह मार्ग हुँदै तनहुँको सदरमुकाम दमौलीसहित पोखरा लगायतका क्षेत्रमा जान करिब २५ किलोमिटर सडक छोटो पर्ने हुँदा यहाँ पुल बनाउन लागिएको हो । तनहुँको सदरमुकाम दमौलीदेखी घुमाउनेसम्म करिब ३२ किलोमिटर छ ।










