व्यास -१४ स्थित रुम्सीमा रिङरोड पक्की नाला निर्माण शुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१४ स्थित रुम्सीमा रिङरोड पक्की नाला निर्माण शुरु गरिएको छ । व्यास नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानबाट उक्त नाला निर्माण गर्न लागिएको हो ।
नाला निर्माणका लागि स्थानीय उपभोक्ताको लागत सहभागिता १३० मिटरको पक्कि नाला निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले बताए । ७५० मिटर लामो रुम्सी रिङरोड पक्की नाला निर्माण भएपछि त्यसले विकास निर्माणको ढोका खुल्ने अध्यक्ष थापाले बताए ।










