तनहुँको भानुमा अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता, भानु-९ (क) समूह विजयी

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकामा सम्पन्न नगरस्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगितामा भानु-९ (क) समूह विजयी भएको छ । भानु-९ (क) ले सरस्वती मन्दिर मावि भानु-१२ घलेछापलाई २५-१५, २५-१६ र २५-२१ को सोझो सेटमा हराउँदै विजयी हुन सफल भएको हो । भानु-१३ को अरनिको माविलाई हराउँदै चोक मावि तृतीय भएको छ।

“स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शिक्षक ज्ञानका खानी मात्र होइनन् सिर्जनाका स्रोत पनि हुन् भन्ने उद्देश्यले सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । शिक्षकमा अन्तरनिहित प्रतिभा र क्षमताको उजागर गर्नुका साथै शिक्षकहरू बीच आपसी अन्तरघुलन, अनुभवको शेयरिङ्, सहकार्य र सामुहिक सिकाइको माध्यमबाट पेशागत क्षमता विकास, आपसी विश्वास र एकता अभिवृद्धि गर्नु आवश्यक रहेको र यसै तथ्यलाई आत्मसात गरी यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

भानु-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा संचालन गरिएको प्रतियोगितामा प्रथम हुने भानु-९ क लाई १५ हजार, द्वितीय सरस्वती मन्दिर माविलाई १२ हजार र तृतीय चोक माविलाई १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

पुरस्कार वितरण कार्यक्रममा नगर स्तरीय खेलकूद बिकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष तुलकुमार गुरुङ्ग, सामाजिक बिकास समितिका संयोजक एवं वडा नं. १० का अध्यक्ष हरिहर उप्रेती, वडा नं. ९ का अध्यक्ष मिनबहादुर गुरुङ्ग लगायतले नगरमा खेलकूदका गतिविधि बढाउन आगामी आर्थिक वर्षा बजेटमा वृद्धि गर्नुपर्ने बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी केबि पौडेल बनेका छन । उत्कृष्ट खेलाडि पौडेललाई विज्ञान समाज बिर्खे टोपी अभियानले बिर्खे टोपी उपहार प्रदान गरेको थियो । विजेता टोली भानु-९ क लाई नगद एक हजार पुरस्कार प्रदान गरिएको विज्ञान समाज तथा बिर्खे टोपी अभियान्ता यदुनाथ न्यौपानेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker