तनहुँको दमौलीमा सडक दौड प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला खेलकुद विकास समिति तनहुँले आइतबार आयोजना गरेको सडक दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि सहास पन्थले जितेका छन् । व्यास नगरपालिका-३ स्थित अनसनचौतारीदेखि व्यास नगरपालिका-१४ छाब्दीसम्मको सात किलोमिटर दूरी पार गर्दै पन्थले उपाधि जितेका हुन् । पुरुषतर्फ सनम गुरुङ द्वितीय र साजन थापा तृतीय भएका छन् ।

महिलातर्फ सुस्मिता रानाभाट प्रथम, नम्रता गुरुङ द्वितीय र रश्मी रानाभाट तृतीय भएका छन् । पुरुषतर्फ ३४ र महिलातर्फ १५ धावकको सहभागिता थियो । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु आठ हजार, रु पाँच हजार र रु तीन हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुइ हजार नगद पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष अनिल पाण्डेले बताए । खेलबाट पर्यटन प्रबर्द्धन गर्नुका साथै खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको पाण्डेले बताए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमार्फत् पर्यटकीय स्थलको प्रचारप्रसारमा नगरपालिका पनि लागिपरेको बताए । उनले नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसको अवसरमा मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्दै आएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker