पाल्पामा जीप दुर्घटना : ८ को मृत्यु, १५ जना घाइते

रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका-६ मस्याममा जीप दुर्घटना भएको छ । मंगलबार डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको सो वडाका अध्यक्ष टोमबहादुर पुनले बताए ।

प्रहरीले भने पुष्टि गरेको छैन । वडाध्यक्ष पुनले डुम्रे बजारबाट घर फर्कंदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको बताए । उनका अनुसार थप १५ जनालाई अस्पताल पठाइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलमा उद्धारको काम भइरहेको र सबैलाई प्रभासस्थित मेडिकल कलेज ल्याउँदै गरेको जनाएको छ । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker