अनुज्ञापत्र नलिने व्यवसायीमाथि कडाइ

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले अनुज्ञापत्र नलिने व्यवसायीमाथि कडाइ गर्न थालेको छ। खाद्यपदार्थ उत्पादक कम्पनीले खाद्य अनुज्ञापत्र लिई आफ्नो उत्पादनको गुणस्तर कायम गरी बिक्री वितरण गर्नुपर्ने कानुनी प्रावधान रहेकामा सो कार्य विपरीत बजारमा खाद्य सामग्री बिक्री भएको पाइएपछि कार्यालयले व्यवसायीमाथि कडाइ गरेको हो ।

कार्यालयको नेतृत्वमा आइतबार गरिएको बजार अनुगमनका क्रममा व्यवसायीलाई यसबारेमा सचेत गराइएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुज्ञापत्र नलिईकन वस्तु बिक्री वितरण गर्न पाइँदैन । यसका लागि सबै व्यवसायीलाई सचेत गराएका छौँ । अटेर गरेमा कारबाही गरिनेछ ।” हेटौँडाबाट उत्पादित पियो नामको फ्रुट डिर्ङसको थोक बिक्रेता डन्डस् सप्लायर्समा अनुगमन गरिएकामा उक्त पेयपदार्थको भण्डारणमा सुधार गर्न, गुणस्तर प्रमाणित पत्र राख्न निर्देशन दिइएको आचार्यले बताउनुभयो । बालबालिकाले प्रयोग गर्ने उक्त पेयपदार्थको प्याकेटमा लेथको मसी छरपष्ट रहेको, उत्पादकले आफ्नो ठेगाना र उपभोग्य मिति फरक-फरक राखेकाले सोबारे खाद्यको हटौँडा कार्यालयमा जानकारी गराइने आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, “बजारमा अनुज्ञापत्र नलिई, मापदण्ड विपरीत पाइने सबै खाद्यपदार्थ बिक्री वितरण गर्नेमाथि कडाइका साथ नियमन गरिनेछ ।” अनुगमनका क्रममा डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, वडाध्यक्ष तथा सञ्चारकर्मीको सहभागिता थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना संकलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । व्यास नगरपालिका-३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य श्रृंखलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ साल कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker