गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

डा. रविनबहादुर बस्नेत (प्रमुख कन्सल्टेन्ट युरोसर्जन)

गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण हुने सम्भावना आठदेखि १० प्रतिशत बढी हुन्छ ।

गर्भावस्थामा पिसाबको संक्रमण हुने विभिन्न कारण हुन्छन् । गर्भवती महिलाको इम्युनिटी पावर कम छ, पानी कम पिउँछिन्, गर्भवती महिलाको उमेर बढी छ, पहिलेदेखि नै पिसाबको संक्रमण हुने गरेको छ र आफू बस्ने वातावरण फोहोर छ भने महिलामा पिसाब संक्रमणको जोखिम उच्च हुन्छ ।

गर्भावस्थामा पिसाब संक्रमण हुने अन्य कारण

सामान्यतया पिसाब एसिडिक हुन्छ, जसले संक्रमणबाट बचाउँछ । तर गर्भावस्थामा महिलाको पिसाबबाट सुगर र प्रोटिन निस्किरहेको हुन्छ । शरीरमा विभिन्न प्रकारको हार्मोनल परिवर्तन हुन्छ, जसले गर्दा पिसाबमा एसिडको मात्रा कमी हुन्छ जसले गर्दा पिसाबको संक्रमणसँग लड्ने क्षमता कम हुन्छ र गर्भवती महिलामा पिसाबको संक्रमण हुन्छ ।

मिर्गौलाबाट ‘युरेटर’ पिसाब नली हुँदै पिसाब थैलीसम्म पुग्छ । तर पिसाब थैलीमा आएको पिसाब फर्किएर युरेटरमा जाँदैन । गर्भावस्थामा भने विभिन्न हार्मोनले मांसपेशीलाई रिल्याक्स गराउँछ, जसले गर्दा पिसाबथैलीको पिसाब पनि युरेटरतिर जान सक्छ जसलाई ‘भिसाइको युरिटेरेल रिफल्स’ भनिन्छ । जुन गर्भावस्थामा बढी हुन्छ र पिसाबमा संक्रमण छ भने माथि मिर्गौ सम्म पुगेर मिर्गौलालाई समेत संक्रमण गराउन सक्छ ।

पिसाबथैलीको पछाडिपट्टि पाठेघर रहेको हुन्छ । गर्भावस्थामा पाठेघर ठूलो भएको हुन्छ । पाठेघर ठूलो हुँदा पिसाबथैलीलाई त्यसले थिच्छ र पिसाबथैलीको क्षमता कमजोर हुन्छ, जसले गर्दा छिटो-छिटो पिसाब लाग्ने र पिसाबको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

ठूलो भएको पाठेघरले युरेटरलाई पनि थिच्छ, जसले गर्दा पिसाब पिसाबथैलीमा आउनुपर्ने त्यति आउन सक्दैन कम आउँछ, जसले पनि पिसाबको संक्रमण हुने सम्भावना बढ्छ ।

गर्भावस्थामा मधुमेह र उच्च रक्तचापको समस्या देखा पर्‍यो भने पनि पिसाबको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

पिसाब संक्रमणले निम्तिने सक्ने जोखिम

गर्भावस्थामा पिसाबथैलीको संक्रमण हुने सम्भावना विभिन्न कारणले बढी हुन्छ । यो बेला हुने पिसाब संक्रमणले पहिले त गर्भवती महिलालाई पिसाब छिटो-छिटो पिसाब लाग्ने, पिसाब पोल्ने लगायत असर गर्ने भयो । साथै बच्चामा पनि असर गर्छ । गर्भावस्थामा आमालाई पिसाब संक्रमण भयो भने बच्चा छिटो जन्मिने, सानो जन्मिने, संक्रमण धेरै फैलिएर बच्चा नै खेर जाने समेत हुनसक्छ ।

गर्भावस्थामा पिसाबको संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाबको संक्रमण भयो भने त्यसलाई जटिल पिसाबको संक्रमण भनिन्छ । जसको उपचार गर्न निकै गाह्रो हुन्छ । यो बेला संक्रमण कम गर्न सबै औषधि दिन मिल्दैन । गर्भावस्थामा पिसाबको संक्रमणको कम गर्ने औषधि दिइयो भने त्यसले बच्चामा असर गर्न सक्छ । त्यसैले यसबाट बच्नका लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

-गर्भावस्थामा पिसाबको संक्रमणबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसले गर्दा पिसाब धेरै बग्छ र कीटाणु बग्छ ।

-सरसफाइमा विशेष ध्यान दिनुपर्छ । शौचालयको सरसफाइ, यौनाङ्गको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।

-गर्भावस्थामा रेगुलर चेकजाँच गर्न अस्पताल जाँदा प्रत्येक पटक पिसाबको जाँच गर्ने, जसले गर्दा समयमै संक्रमण पत्ता लाग्छ र त्यसको उपचार गर्न सजिलो हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker