सेवाग्राहीलाई निःशुल्क खाना
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएका सेवाग्राहीलाई निःशुल्क खाना खुवाईदै । वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले बिहानैदेखि भोकभोकै लाइनमा बसेपछि दमौलीका सामाजिक अभियान्त मोहम्मद गफ्फर (सुदिप)ले खाना खुवाउने अभियान सञ्चालन गर्दै आएका छन् ।
नवौ दिन सोमबारमात्रै सुदिपले ३४५ जनालाई खाना खुवाएका छन भने हालसम्म उनले २ हजार ८७० जनालाई खाना खुवाइसकेका छन् । उनको यस अभियानमा विभिन्न व्यक्ति, संघ संस्थाहरुले आर्थिक सहयोग तथा सहकार्य गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ