बलात्कार कसुरमा १८ बर्ष कैद र ७ लाख जारिवाना

जिल्ला अदालत तनहुँले ११ बर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भानु नगरपालिका–९ बडहरेका २३ वर्षीय कर्णबहादुर मास्की मगरलाई १८ वर्ष कैद र ७ लाख जरिवाना फैसला गरेको छ । अदालतले पीडितलाई १ लाख क्षतीपुर्ती र पीडित राहत कोषमा २८ हजार जम्मा गर्नुपर्ने समेत फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधिश चन्द्रकुमार पोखेलको एकल इजलासले मास्की मगरलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।
आरोपितले गत २०८० भदौ २० गते बलात्कार गरेको भन्दै पीडित परिवारले असोज १६ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज १६ गते पक्राउ गरेको थियो ।
बालिकाको घरमा कोही नभएको मौका पारेर मास्की मगरले बालिकालाई उनकै घरभित्र गई जबरजस्ती बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएका थिए ।
आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले असोज २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा आरोपित जिल्ला आदालतको आदेशमा असोज २६ गतेदेखि पुर्पक्षको लागि जिल्ला कारागार दमौलीमा थुनामा थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker