फाेटाे फिचर
-
१६ आश्विन २०८३, शुक्रबार १२:०८म्याग्देमा एचपीभी खोप अभियान
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित राधा माधयमिक विद्यालयमा जामुने स्वास्थ्य चौकीले सञ्चालन गरेको एचपीभी खोप अभियान २०८३ कार्यक्रममा सहभागि भएपछि तस्विर खिचाउँदै छात्राहरु । स्वास्थ्य चौकीका टोलीले अभियानअन्तर्गत ४८ जना विद्यार्थीलाई खोप लगाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०८३, बिहीबार १३:०८खानेपानीका लागि उपभोक्ताको श्रमदान
तनहुँको भानु नगरपालिका–८ बेलटारका स्थानीय खानेपानीको ट्याङ्किमा फिल्टरको कामका लागि आवश्यक सहयोगस्वरुप श्रमदान गर्दै । यस ट्याङ्कीबाट स्थानीय करिब ५० घर पारिवारले खानेपानी उपभोग गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०८३, बिहीबार १२:४९दामौली बजारमा बजार सर्वेक्षण
तनहुँको सदरमुकाम दमौली बजारमा स्थानीय कृषि उत्पादनको बजार अवस्था, उपभोक्ताको माग तथा बिक्रीका सम्भावना बुझ्न बजार सर्वेक्षण गरिदै । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) नेपालअन्तर्गतको गण्डकी साना सिँचाइ आयोजना र व्यास नगरपालिकाको सहकार्यमा दमौली बजारमा पुगेर कृषि उपजको बजार अवस्थाबारे जानकारी लिएको थियो । सर्वेक्षणका क्रममा…
पुरा पढ्नुहोस -
१३ आश्विन २०८३, मंगलवार १३:०८तनहुँ जलविद्युत आयोजनाको निर्माणाधिन मुख्य बाँध (फोटोफिचर)
१४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत आयोजनको निर्माण गरिदै गरिएको मुख्य बाँध । आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्य करिब ६५ प्रतिशतको हाराहारमा प्रगति हासिल भएको बताइएको छ । आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि…
पुरा पढ्नुहोस -
९ आश्विन २०८३, शुक्रबार १२:२९डेङ्गी खोज र नष्ट गर
तनहुँको भिमाद नगरपालिका र भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा डेङ्गी संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि खोजौ र नष्ट गरौं अभियानमा सहभागिहरु । भिमादको वडा नं. ६ स्थित बसपार्क, नयाँबस्ती, क्याम्पसरोड, मालेबगर, लखनचोक, कुमारचोक, न्यूरोड लगायतका टोलहरूमा डेङ्गी रोग गराउन सक्ने लामखुट्टेको बासस्थान पहिचान गरी…
पुरा पढ्नुहोस -
८ आश्विन २०८३, बिहीबार १२:४३पहिरो हटाउनै सकस
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक माथिबाट ठूलो चट्टानसहित पहिरो झर्दा सडकको एक लेन पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो झरेको एक महिना बितेपनि हटाउने कामले पूर्णता पाउन सकेको छैन । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड)ले अहिले आधा/आधा घण्टा राजमार्गमा सावारीसधान रोकेर…
पुरा पढ्नुहोस -
६ आश्विन २०८३, मंगलवार १२:३५आँवुखैरेनीको सोमबारे कृषि हाटबजार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको सोमबारे कृषि हाटबजारमा तरिकारी खरिदबिक्री गरिदै । गाउँपालिकाले प्रत्येक शुक्रबार र सोमबारका दिन कृषि हाटबजार सञ्चालन गर्न थालेपछि उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट हुनुका साथै उत्पादित कृषि उपजको सहज रुपमा खरिदबिक्रीको माध्यम बन्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ आश्विन २०८३, मंगलवार ११:५६विश्व प्रशिद्ध जात साननक्रसको बोका
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुरमा रहेका साननक्रसको बोका । दुध उत्पादनको लागि विश्व प्रशिद्ध जात साननक्रसको बोका अहिले बिक्रीमा राखिएको छ । गाउँपालिका/नगरपालिकाको पशु सेवा शाखाको सिफारिस वा जिल्ला पशु सेवा कार्यालयको सिफारिस सहित सम्पर्कमा आएका कृषकलाई यी बोका उपलब्ध गराइने भएको छ । तस्विर…
पुरा पढ्नुहोस -
५ आश्विन २०८३, सोमबार १२:५६मकै भण्डारण
तनहुँको ऋषिङ गाउँपालिका–८, धारुङका एक कृषकले उत्पादन गरेको मकै घुन, पुत्ला, मुसाबाट सुरक्षित गर्नका लागि परम्परागतशैलीमा थाक्रो (सुली)मा भण्डारण गरेको मकै । पुर्खादेखि चली आएको मौलिक कृषि संस्कृति, परम्परा र जीवनशैलीलाई यसरी जगेर्ना गर्दै यति ठूलो मात्रामा कृषि उत्पादनमा जोडिनु आफैँमा गर्वको विषय हो ।…
पुरा पढ्नुहोस