रोटरी दमौलीको २४औं पदस्थापना

दमौली । रोटरी क्लब अफ दमौलीको २४औं पदस्थापना कार्यक्रम गरिएको छ । पदस्थापनासँगै रोटरी क्लब अफ दमौलीका वर्ष २०२४/२५ का अध्यक्ष जीवनकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । कार्यक्रममा वर्ष २०२३/०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठले वर्ष २०२४/२५ का अध्यक्ष श्रेष्ठलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष श्रेष्ठलाई रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर इलेक्ट बिनोद कोइरालाले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले र चार्टर सर्टिफिकेट संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले हस्तान्तरण गरेका थिए। अध्यक्ष श्रेष्ठलाई असिस्टेन्ट गभर्नर विशाल राना मगरले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर इलेक्ट बिनोद कोइरालाले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए । सबैले सम्मान र स्यावास् दिने काम गर्न सके मात्र रोटरीको गरिमा र प्रतिष्ठा माथि उठ्ने उनको भनाइ थियो ।
आफ्नो व्यस्तताकाबीच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले समयको माग अनुसारका कार्यक्रमहरु ल्याउन सक्नुपर्ने बताए । साथै अन्य देशका रोटरीयनहरुसँग सम्बन्ध स्थापित गरि सहकार्य र समन्वय गर्ने योजनाहरु ल्याउन पनि कोइरालाले अनुरोध गरे । सोही अवसरमा असिस्टेन्ट गभर्नर विशाल राना मगरले रोटरी क्लव अफ दमौलीले बिगतदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अबको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । साथै रोटररीको थिम अनुसारका काम गर्न उनले सुझाए ।
रोटरी दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले सन् २००० मा दमौली क्षेत्रमा समाजिक काम गर्न संगठित भएको क्लबले आज समाजमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२की सहसचिव लक्ष्मी थापा गिरी, रोटरी क्लब अफ गोरखाका पूर्व अध्यक्ष नकुल थापा, जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरी, इनरब्हिल डिष्ट्रिक ३५०की सदस्य निर्मला मल्ल, रोट्¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारी, रोट्¥याक्ट क्लब अफ भानुकी अध्यक्ष सकिना खातुन, इनरब्हिल क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले रोटरी क्लव अफ दमौलीले यस बर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, वातावरण र खानेपानी लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । एउटा प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउदै श्रेष्ठले आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker