क्रिकेट संघ तनहुँको साधारणसभा

जिल्ला क्रिकेट संघ तनहुँ (क्यान)ले आइतबार साधारणसभा सम्पन्न गरेको छ । संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले तनहुँमा क्रिकेटले निकै राम्रो गरिरहेको र नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको बताए ।
अध्यक्ष पाण्डेले जिल्ला क्रिकेट संघ तनहुँले महिला खेलाडीहरु उत्पादनमा जोड दिनुपर्ने र खेल क्षेत्रको विकासका लागि सबै सरोकारवाला पक्ष एक भएर अगाडि बढ्न जोड दिए ।
कार्यक्रममा क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्माले क्रिकेटले विश्वमा नेपालको नाम चिनाउने काम गरेको र क्रिकेट खेल्ने खेलाडीहरुको पनि भविष्य रहेको बताए ।
प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पछिल्लो समयमा तनहुँले क्रिकेटको विकासमा उल्लेख्य काम गरेको बताउँदै गत आर्थिक बर्षमा संचालन गरेको स्कुल लिग खेलले राम्रो संदेश दिएको चर्चा गरे ।
कार्यक्रममा दमौली अस्पतालका पुर्व अध्यक्ष हरिराज कडेल, क्यान तनहुँका निवर्तमान अध्यक्ष ताराराम श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति तनहुँका कार्यालय प्रमुख शिवहरी पण्डित लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा संघ तनहुँका अध्यक्ष तिमल्सेनाले बर्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावि योजना प्रस्तुत गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker